आजको मौसम : तराईमा हावाहुरी र उपत्यकामा तुँवालोको जोखिम

हिमाल प्रेस ६ वैशाख २०८० ६:४५
4
SHARES
आजको मौसम : तराईमा हावाहुरी र उपत्यकामा तुँवालोको जोखिम फाइल तस्बिर।

काठमाडौँ- हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम समान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दूई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशहरुका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना छ। साथै उपत्यका लगायत देशका केही भूभागमा तुवाँलोको सम्भावना छ।

आज राति देशका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: ६ वैशाख २०८० ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =