दिवा खाजा कार्यक्रम फलदायी : सञ्चारमन्त्री शर्मा

हिमाल प्रेस ५ वैशाख २०८० १९:३६
6
SHARES
दिवा खाजा कार्यक्रम फलदायी : सञ्चारमन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालबालिकाको सबल स्वास्थ्यका लागि दिवा खाजा कार्यक्रम फलदायी भएको बताएकी छिन्।

‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट नेपाल’ले मंगलबार थहिँटीस्थित शान्ति शिक्षा माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले गुणस्तरीय शिक्षाका लागि सबल स्वास्थ्य अनिवार्य शर्त रहेको बताइन्। ‘स्वास्थ्य राम्रो नभइ राम्रो शिक्षा प्राप्त गर्न सकिँदैन’, उनले भनिन्, ‘राम्रो स्वास्थ्य प्राप्त गर्न यस्ता कार्यक्रम उपलब्धिमूलक हुनेछ।’

सामुदायिक दिवा खाजा कार्यक्रमलाई देशव्यापी रूपमा विस्तार गरिने उनको भनाइ थियो। उनले दिवा खाजा विस्तार गर्ने योजनामा चीन सरकारले पु¥याएको योगदानले नेपाल सरकारले लिएको लक्ष्य प्राप्तिमा महत्त्वपूर्ण सहयोग पुर्‍याएको बताइन्।

कर्णाली प्रदेशबाट सामुदायिक विद्यालयमा सुरु भएको दिवा खाजा कार्यक्रम सरकारले विगत तीन वर्षयता पूर्वप्राथमिकदेखि ३ कक्षासम्म र चालु आवदेखि कक्षा ६ सम्म दिवा सञ्चालन गर्दै आएको छ। सरकारले प्रतिदिन प्रतिविद्यार्थी १५ रुपैयाँका दरले विद्यार्थीलाई दिवा खाजा खुवाउने गरेको छ। नेपालको सूचना प्रविधिको क्षेत्रमा चीनले ठूलो योगदान दिएको उल्लेख गर्दै मन्त्री शर्माले सूचना प्रविधिको पहुँच र गुणस्तर बढाउने कार्यक्रममा चीनले सहयोग गर्ने विश्वास व्यक्त गरिन्।

नेपालका लागि चीनका राजदूत चेन सोङले कोरोना महामारी तथा विभिन्न प्रकोपमा चीनले नेपाललाई सहयोग गर्दै आएको बताए। काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सो संस्थाले कामपाका विभिन्न सामुदायिक विद्यालयमा झोला, सरसफाइ सामग्री र न्यायो कपडा वितरण गर्दै आएको बताए।

कामपाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले सरकारले उपलब्ध गराउँदै आएको रकममा कामपाले प्रतिविद्यार्थी १० रुपैयाँ थप गरी चालु आर्थिक वर्षदेखि कक्षा आठसम्म खाजा खुवाउने कार्यक्रम सुरु गरेको बताए।

विकासोन्मुख देशमा गरिब पृष्ठभूमिका प्राथमिकस्तरका बालबालिकाले सामना गर्ने, भोकमरीको समस्यालाई सम्बोधन गर्ने लक्ष्यका साथ फाउन्डेसनले एक वर्षदेखि विभिन्न सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रममा सहयोग गर्दै आएको छ।

काठमाडौँ महानगरभित्रका १० र सामुदायिक विद्यालयमा फाउन्डेसनको सहयोगमा दिवा खाजा कार्यक्रम सञ्चालन भइरहेको छ। विद्यालयमा १० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। यस्ता विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले संस्थाको सहयोगमा पोषणयुक्त खाजाका साथै १५० मिलिलिटर दूध पाउने गरेका छन्।

प्रकाशित: ५ वैशाख २०८० १९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =