आईपीएल : मुम्बईको लगातार दोस्रो जित, फेरि हार्‍यो कोलकाता

हिमाल प्रेस ३ वैशाख २०८० २०:४०
10
SHARES
आईपीएल : मुम्बईको लगातार दोस्रो जित, फेरि हार्‍यो कोलकाता

काठमाडौँ- इशान किशन र सूर्यकुमार यादवले बेजोड ब्याटिङ गरेपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार कोलकाता नाइट राइडर्सलाई पाँच विकेटले पराजित गरेको छ। आईपीएलमा मुम्बईको यो लगातार दोस्रो जित हो भने कोलकाताको लगातार दोस्रो हार।

जितपछि मुम्बईको चार अंक भएको छ। चार खेलिसकेको मुम्बईले सुरुवाती दुई खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो। पराजित कोलकाताको पनि चार अंक नै छ।

यद्यपि कोलकाताले मुम्बईभन्दा एक खेल बढी खेलेको छ। राजस्थान रोयल्स, लखनऊ सुपर जायन्ट्स, गुजरात टाइटन्स र पंजाब किंग्स शीर्ष शीर्ष चारमा छन् र यी सबै टिमसँग ६-६ अंक छ। अरु पाँच टिमले चार- चार अंक बटुल्दा दिल्ली क्यापिटल्स जितवहीन छ।

वाङ्खेडे रंगशालामा १८६ रनको लक्ष्य पछ्याएको मुम्बईका लागि किशनले २५ बलमा ५८ र यादवले २५ बलमै ४३ रन बटुलेका थिए। यी दुईको ब्याटिङ चलेपछि मुम्बईले १७.४ ओभरमा पाँच गुमाएर लक्ष्य प्राप्त गरेको थियो।

कप्तान रोहित शर्मा र किशनले पहिलो विकेटको लागि ६५ रनको साझेदारी गरेपछि मुम्बईले बलियो सुरुवात गरेको थियो। रोहित २० रन बनाएर आउट भएपछि किशनले यादवसँग मिलेर २२ रन थपे।

त्यसपछि यादव र तिलक बर्माले ६० रनको साझेदारी गरे, जसले मुम्बईको इनिङ्स थप मजबुत बनायो। बर्मा ३० रनमा आउट भएका थिए। विजयी टिमका लागि टिम डेभिड २४ रन र क्यामरुन ग्रिन एक रनमा नटआउट रहे।

त्यसअघि कोलकाताका लागि भेन्काटेस ऐयरले शतक प्रहार गरेका थिए। ५१ बल सामना गर्दा १०४ रन बटुलेका उनले राहमनुल्लाह गुर्बाजसँग ४६ र शार्दुल ठाकुरसँग ५० रनको साझेदारी गरेका थिए।

ओपनर गुर्बाज व्यक्तिगत आठ र ठाकुर १३ रनमा समेटिए। त्यसैगरी आन्द्रे रसेलले अविजित २१ र रिंकु सिंहले १८ रनको योगदान गरे।

बलिङतर्फ मुम्बईक हृतिक शोकिनले दुई विकेट हात पारे भने क्यामरुन ग्रिन, डुआन जान्सेन, पियुष चावला र रिले मेरेडिथले एक- एक विकेट लिए। आईपीएलमा डेब्यु गरेका अर्जुन तेन्दुलकरले दुई ओभर बलिङ गरे। भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकरका पुत्र अर्जुनले विकेट भने लिन सकेनन्।

प्रकाशित: ३ वैशाख २०८० २०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 16 =