नयाँ वर्षको अवसरमा डीपी खनालले ल्याए ‘एक्का बादसाह’ [भिडियोसहित]

हिमाल प्रेस ३ वैशाख २०८० १५:४३
8
SHARES
नयाँ वर्षको अवसरमा डीपी खनालले ल्याए ‘एक्का बादसाह’ [भिडियोसहित]

काठमाडौँ– गीतकार डीपी खनालले नयाँ वर्षको अवसरमा ‘एक्का बादसाह’ बोलको गीत सार्वजनिक गरेका छन्। चर्चित गायिका रचना रिमाल र गायक निश्चल खनालको स्वर रहेको गीतमा नवीन कार्कीको संगीत र विशाल निरौलाको संगीत संयोजन छ।

माइकल चन्दले निर्देशन गरेको गीतको भिडियोमा अनु शाह, म्याक्स नेपाल, उसा उप्रेती र रमेश विश्वकर्मालगायत फिचर्ड छन्। गीत शनिबार म्याक्स इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रकाशित: ३ वैशाख २०८० १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =