गगन थापा भन्छन् : रुपान्तरण नभए कांग्रेस सकिन्छ

हिमाल प्रेस ३० चैत २०७९ १६:३१
66
SHARES
गगन थापा भन्छन् : रुपान्तरण नभए कांग्रेस सकिन्छ फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस रुपान्तरण नभए सकिने टिप्पणी गरेका छन्। बिहीबार नेपाली कांग्रेसको रुपान्तरण एजेन्डा: के कसरी? विषयक कार्यक्रममा बोल्दै थापाले पार्टी नसकियोस् सुध्रियोस् भन्ने चाहना रहेको बताएका हुन्।

‘पार्टी नसकियोस सुधृयोस भन्ने हाम्रो चाहना हो। रुपान्तरण भएन बने कांग्रेस सकिन्छ। कांग्रेस सकिए केही हुँदैन हाम्रो के हुन्छ? हाम्रो जिन्दगी यसमा समर्पित छ,’ उनले भने, ‘दल भनेको संस्था हो। समय र समाज जोडिएको हुन्छ। त्यहा सम्बन्ध हुन्छ।’

उनले बदल्नुपर्ने विषयलाई नयाँ नाममा जोडेर छोड्दै आएको पनि बताए। नयाँ दलमा उत्तालोपन रहेको पनि बताए।

‘माओवादी शान्ति प्रक्रियामा आएपछि नयाँ-नयाँ भन्दै नयाँको पछि लाग्यौँ। हामीले बदल्नुपर्ने कुराहरू सबै नयाँ बन्ने नाममा छाड्यौँ,’ उनले भने, ‘नयाँ दल बनाउन उत्ताउलो रोमान्चकता छ। यसले हामीले बदल्नुपर्ने कुरा बदल्न रोक्छ।’

उनले कांग्रेसको खास अर्थ ०४८ सालतिर भएको स्मरण गरे। त्यसबेलाको जनमत र आशा कांग्रेस थियो भन्दै भने, ‘०४८ सालमा पार्टीले धेरै ठाउँ जितेको थियो। कार्यालय कस्तो थियो? अहिले हामीसँग बडेमानको कार्यालय छ। त्यो बेलामा व्यवस्थापन कहाँ थियो? जनमत थियो। आसाको सिग्नल कांग्रेस थियो। कांग्रेसको अर्थ त्यो थियो।’

उनले अहिले नागरिकसँग आक्रोश रहेको पनि बताए। देश बनाउने सपनाको आशा ब्युँताइरहनुपर्ने उनको भनाइ छ।
‘कांग्रेसले सपनाको मलामी जान पर्दैन बन्ने आसा र भरोसा दियो भने अरु कुरा मिल्दै आउँछ’ उनले भने।

उनले कांग्रेसको क्रियाशील सदस्यता अब अनलाइनबाटै भर्ने व्यवस्था मिलाउन लागेको बताए। पार्टीले चुनावको मुखमा सदस्यता बाँड्ने काम रोक्ने उनको दाबी छ। उनले कांग्रेसको नीति अधिवेशन गर्ने पनि बताए।
‘कांग्रेसको नीति अधिवेसन गर्दैछौँ। सम्भव भए जेठमा अधिवेशन गर्छौँ’ उनले भने।

प्रकाशित: ३० चैत २०७९ १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =