कञ्चनपुरमा ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रयोगमा रोक

हिमाल प्रेस ३० चैत २०७९ ७:२५
2
SHARE
कञ्चनपुरमा ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रयोगमा रोक

कञ्चनपुर- कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला प्रयोगमा रोक लगाउने भएको छ।

आउँदो नयाँ वर्ष २०८० को वैशाख १ गतेदेखि लागू हुने गरी प्लास्टिकका झोला आयात, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए।

कार्यालयले एक महिना अगाडि नै सूचना निकालेर प्लास्टिकका झोलाको आयात बन्द गर्न निर्देशन दिएको थियो । प्रतिबन्धित झोला प्रयोग तथा बिक्री गर्नेलाई वातावरण संरक्षण ऐन २०७६ र वातावरण संरक्षण नियमावली २०७७ बमोजिम कारबाही हुनेछ।

प्लास्टिकले वातावरणसँगै मानव स्वास्थ्यमा समेत हानी गर्ने हुनाले प्लास्टिक प्रतिस्थापन गर्न उपभोक्ता पनि जागरुक हुनुपर्ने प्रमुख जिल्ला अधिकारी अर्याललेको भनाइ छ।

प्रकाशित: ३० चैत २०७९ ७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =