जोखिमकाबीच बंगलादेशको गरिबी दर १८.७ प्रतिशतमा झर्‍यो

हिमाल प्रेस २९ चैत २०७९ २१:४४
2
SHARE
जोखिमकाबीच बंगलादेशको गरिबी दर १८.७ प्रतिशतमा झर्‍यो

ढाका- कोभिड-१९ महामारी र भूराजनीतिक जोखिमकाबीच बंगलादेशको गरिबी दर सन् २०२२ मा १८.७ प्रतिशतमा झरेको छ। सन् २०१६ मा २४.३ प्रतिशत रहेको गरिबी दर घटेर गत वर्ष १८.७ प्रतिशतमा झरेको बंगलादेश तथ्यांक ब्यूरो (बीबीएस)ले जानकारी दिएको छ।

राष्ट्रिय तथ्यांक एजेन्सीले बुधबार आफ्नो पारिवारिक आयव्यय सर्वेक्षण सार्वजनिक गर्दै बंगलादेशको चरम गरिबी दर घटेर ५.६ प्रतिशतमा झरेको उल्लेख गरेको छ।

यसअघि सन् २०१६ मा गरिएको सर्वेक्षणले गरिबी दर २४.३ प्रतिशत र चरम गरिबी दर १२.९ प्रतिशत रहेको पाइएको थियो। बंगलादेशका योजनामन्त्री एमए मन्नानले कोभिड–१९ महामारी र रुस–युक्रेन द्वन्द्वले बंगलादेशको उपलब्धिमा ठूलो धक्का लाग्ने चिन्ताकाबीच मुलुकको गरिबी दरमा उल्लेखनीय सुधार आएको बताए।

यद्यपि, विज्ञहरूले महामारीको समयमा कम्तीमा दुई करोड मानिस गरिबीको रेखामुनि झरेकाले गरिबी निवारणमा बंगलादेश ५० वर्ष पछि धकेलिएको बताएका थिए।

रुस–युक्रेन द्वन्द्वकाबीच महामारी र अत्यावश्यक वस्तुको मूल्यवृद्धिका कारण अनौपचारिक रोजगारीमा संलग्न चार करोड मानिसमध्ये अधिकांशले रोजगारी गुमाएको उनीहरूले बताएका थिए।

कम्तीमा १६ करोड ५० लाख बंगलादेशी जनताको ठूलो हिस्साको आयमा कमी आएको र स्थानीय मुद्राको अवमूल्यन समेत भएको विज्ञहरूको टिप्पणी थियो। रासस÷सिन्ह्वा

प्रकाशित: २९ चैत २०७९ २१:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =