कांग्रेसले छिट्टै सरकारको नेतृत्व गर्नेछ : शेरबहादुर देउवा

हिमाल प्रेस २८ चैत २०७९ १६:०६
164
SHARES
कांग्रेसले छिट्टै सरकारको नेतृत्व गर्नेछ : शेरबहादुर देउवा

काठमाडौँ– सभापति शेरबहादुर देउवाले कांग्रेसले छिट्टै सरकारको नेतृत्व लिने बताएका छन्। अहिलेको सरकारमा पनि कांग्रेस सहभागी भएको बताउँदै फेरि सरकारको नेतृत्व लिने बताएका हुन्।  मंगलबार काठमाडौंमा आयोजित पार्टीनिकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै उनले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचेअनुसार काम गर्न सक्ने अवस्था नभएको पनि स्पष्ट पारे।

सभापति देउवाले पार्टीले सोचेअनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। देउवाले संविधानअनुसार सरकार बनाउनका लागि पनि गठबन्धन बनाएर अघि बढ्नु परेको दोहोर्‍याए।

‘आज हाम्रो पार्टी सरकारमा छ। भोलि सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ। धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो। तर अझै संविधानअनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन,’ उनले भने।

आगामी निर्वाचनमा कांग्रेसको बहुमत ल्याउन भूमिका खेल्न पनि देउवाले शिक्षकहरूलाई निर्देशन दिए।

‘अहिलेको संविधान अनुसार गठबन्धन अति आवश्यक छ। गठबन्धन नभई सरकार बन्दै बन्दैन। गठबन्धन सरकारमा हामी सहभागी भएका छौं। त्यसले हाम्रो पार्टीलाई एउटा बल पुर्‍याएको छ अगाडि बढ्न’, उनले भने, ‘यसमा शिक्षक साथीहरूको योगदान हुननै छ। उहाँहरूले बुझ्नु नै हुनेछ। मलाई धेरै कुरा भन्नु छैन। अझै पनि नेपाली कांग्रेस बलियो हुन जरुरी छ। नेपाली का‍ंग्रेसको ठाउँठाउँमा जो संठगनमा समस्या छ। त्यो समाधान हुन जरुरी छ। यसमा शिक्षक संघको ठूलो भूमिका हुनेछ।’

देउवाले शिक्षकहरूको उचित सम्मानका लागि पार्टीले आगामी दिनमा काम गर्ने आश्वासन दिए। विगतमा शिक्षकहरुले पार्टीका लागि सहयोग गरे पनि उनीहरूको हितमा धेरै काम गर्न नसकेको उनको स्वीकारोक्ति थियो।

प्रकाशित: २८ चैत २०७९ १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 19 =