ललितपुर : लैंगिक हिंसा भयो? ११३१ मा फोन गर्नुस्

हिमाल प्रेस २७ चैत २०७९ १२:४४
12
SHARES
ललितपुर : लैंगिक हिंसा भयो? ११३१ मा फोन गर्नुस्

ललितपुर- ललितपुर महानगरपालिकाले लैंगिक हिंसामा तत्काल उद्धार र राहतका लागि हटलाइन सेवा सुरु गरेको छ। हिंसामा परेका व्यक्तिको तत्काल उद्धार र राहतका लागि ११३१ मा सम्पर्क गर्न सक्नेछन्। नगर प्रहरी हटलाइनबारे जानकारी दिन महानगरका चोक र गल्तीमा पुग्न थालेका छन्।

हटलाइन सेवाको सोमबार ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।  नगर प्रमुख महर्जनले हटलाइन नम्बरको प्रयोगले लैंगिक हिंसा न्यूनीकरणका लागि सहयोग गर्ने बताए। हिंसारहित महानगर भएमात्रै महानगर स्मार्ट हुने उनको भनाइ छ।

उपप्रमुख बज्राचार्यले आफूमा भएको हिंसा यो हटलाइन नम्बरमा सम्पर्क गरेर निर्धक्क राख्न नगरवासी महिलालाई आग्रह गरिन्। महानगरले महिलालाई उद्यमशीलतासँग जोड्न विभिन्न कार्यक्रम ल्याएको जानकारी पनि उनले दिइन्। आर्थिक रूपमा समक्ष भए मात्रै हिंसाविरुद्ध आवाज उठाउन सकिने उनको भनाइ थियो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले लैंगिक हिंसामुक्त समाज सबैको चाहना भएको बताए।

प्रकाशित: २७ चैत २०७९ १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =