बारा-२ मा एमाले उम्मेदवार पौडेल घरदैलो कार्यक्रममा व्यस्त

हिमाल प्रेस २५ चैत २०७९ १५:४३
6
SHARES
बारा-२ मा एमाले उम्मेदवार पौडेल घरदैलो कार्यक्रममा व्यस्त

बारा– बारा-२ को उपनिर्वाचनका लागि नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले मतदातासँगको भेटलाई तीव्रता दिएका छन्।

यतिबेला उनी मतदाताका घर- घरमा पुगेर मतदानका लागि अपिल गरिरहेका छन्। पौडेलसहितको एमाले टोलीले खेतमा व्यस्त किसानहरूलाई काम गरिरहेकै ठाउँमा गएर भोट मागेका छन्। ‘हिउँदे धान लगाउने समय रहेकाले तराईका अधिकांश किसान यतिबेला खेतमा हुनुहुन्छ। हामीले उहाँहरूलाई भेटेर उपनिर्वाचनमा एमाले उम्मेदवार पौडेलका पक्षमा भोट मागिरहेका छौं,’ घर दैलो कार्यक्रममा सहभागी एक कार्यकर्ताले भने।

पौडेलले एमालेले नजित्दा यो क्षेत्रमा विकास नभएकाले यस पटक आफूलाई निर्वाचित गर्न मतदातासमक्ष आग्रह गरेका छन्।

निर्वाचन परिचालन कमिटी संयोजक तथा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली, पूर्वमन्त्री एवम् बारा ३ बाट निर्वाचित सांसद ज्वालाकुमारी साहलगायत नेता तथा कार्यकर्ता उम्मेदवारसँगै घरदैलो कार्यक्रममा व्यस्त छन्।

प्रकाशित: २५ चैत २०७९ १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =