एमालेनिकट अनेमसंघको महाधिवेशन सुरु, १७ पदाधिकारीका लागि ८० जना प्रतिस्पर्धामा

हिमाल प्रेस २५ चैत २०७९ १५:१३
8
SHARES
एमालेनिकट अनेमसंघको महाधिवेशन सुरु, १७ पदाधिकारीका लागि ८० जना प्रतिस्पर्धामा

काठमाडौँ– नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघको सातौं महाधिवेशन शनिबारदेखि हुँदैछ। काठमाडौँमा हुने संघको महाधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन्।

०६९ सालमा भएको छैटौं महाधिवेशनले विद्या भण्डारीलाई अध्यक्ष निर्वाचित गरेपछि हालसम्म महाधिवेशन हुन सकेको थिएन। १० वर्षपछि हुन लागेको महाधिवेशनमा एमालेका नेतृहरूले नेतृत्वका लागि दाबी गरेका छन्।

अध्यक्षमा थममाया थापा र टुका हमालको दाबी छ। यस्तै महासचिवमा सुजिता शाक्य, गौरी ओली र शर्मीला कार्कीको दाबी छ। १७ पदाधिकारीका लागि संघमा करिब ८० जना प्रतिस्पर्धामा छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सम्मेलन २ दिनसम्म काठमाडौँमा चल्नेछ । सम्मेलनबाट नयाँ नेतृत्व चयन हुनेछ।

प्रकाशित: २५ चैत २०७९ १५:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =