मिटरब्याजीपीडितका माग सम्बोधन गर्न वार्ता समिति गठन

हिमाल प्रेस २४ चैत २०७९ १९:३८
4
SHARES
मिटरब्याजीपीडितका माग सम्बोधन गर्न वार्ता समिति गठन

काठमाडौँ– सरकारले मिटरब्याजीपीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ।

अघिल्लो साता नै सरकारले मिटरब्याजीपीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरी कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाइसके पनि ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति’ले आन्दोलन जारी राखेकामा उनीहरूको माग सम्बोधन गर्न वार्ता समिति बनेको हो।

पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य र मन्त्रालयका उपसचिव दीलकुमार तामाङ सदस्य सचिव छन्।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पीडितलाई अविलम्ब सम्बोधन गर्न निर्देशन दिएकाले र समितिले तत्काल आवश्यक पहल थाल्ने गृह मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 9 =