नयाँवर्षदेखि जनकपुर-कुर्था-जयनगर ब्रोडगेज रेल्वे सेवा विस्तार

हिमाल प्रेस २३ चैत २०७९ १६:१६
30
SHARES
नयाँवर्षदेखि जनकपुर-कुर्था-जयनगर ब्रोडगेज रेल्वे सेवा  विस्तार

जनकपुरधाम- जनकपुर-कुर्था-जयनगर ब्रोडगेज रेल्वे सेवा थप विस्तार हुने भएको छ। यात्रुहरूको सुविधालाई ध्यानमा राखी बिहानको पहिलो सेवा कुर्थाबाट जयनगरतर्फ खुल्ने गरी वैशाख १ गतेदेखि नयाँ तालिका सार्वजनिक गर्न लागिएको हो।

अब कुर्था–जनकपुरधाम–जयनगर रेल्वे अब आवत जावत गरी दैनिक चारपटक सञ्चालन हुने भएको हो। बिहान सवा ७ बजे कुर्थाबाट छुटेर बिहान सवा ९ बजे जयनगर पुग्ने छ भने जयनगरबाट बिहान साढे ९ बजे छुटेर बिहान साढे ११ बजे कुर्था फर्किने छ।

कुर्थाबाट फेरि मध्यान्ह २ बजेर ४५ मिनेटमा छुटेर ४ बजेर ४५ मिनेटमा जनयनगर पुग्ने छ भने जयनगरबाट साँझ ५ बजे छुटेर साँझ ७ बजे कुर्था फर्किने गरी रेल्वेको समय निर्धारण गरिएको रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।

जयनगरदेखि जनकपुरधामको कुर्थासम्मको ३५ किलोमिटरमा यात्रुसहित दिनको चारपटक रेल चल्ने भएको उनले बताए। रेलको भाडा दर यसअघि नै निर्धारण भइसकेको छ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पहिलो खण्डमा जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर र कुर्थादेखि महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्मको गरेर कुल ७४ किलोमिटरमा रेल सञ्चालन हुने भएको छ।

भारत सरकारको ५ अर्ब भारतीय रकममा निर्माण हुने रेल्वेको स्टेशन, रेल ट्र्याकसहितको संरचनाहरू महोत्तरीको विजलपुरासम्म तयारी भएपनि बर्दिबासमा जग्गा अधिग्रहणमा ढिलाइ भएकाले निर्माण हुन नसके पनि अहिले जग्गा अधिग्रहणको काम भइरहेकाले चाँडै थप निर्माण हुने भएको झाले जानकारी दिए।

प्रकाशित: २३ चैत २०७९ १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + thirteen =