हिमालयन बैंकले बढायो ‘दुर्घटना मृत्यु बीमा’को सीमा

हिमाल प्रेस २२ चैत २०७९ १९:४५
2
SHARE
हिमालयन बैंकले बढायो ‘दुर्घटना मृत्यु बीमा’को सीमा

काठमाडौँ- हिमालय बैंकले ‘दुर्घटना मृत्यु बीमा’को सीमा बढाएको छ। बैंकले नारी बचत खाता र विशेष तलबी खातामा दिँदै आएको दुर्घटना मृत्यु बीमाको सीमा ५ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्‍याएको हो।

बैंकले नारी बचत खाता नारीहरूको सम्मानस्वरुप नारीहरूलाई लक्षित गरिएको योजना हो। त्यस्तै विशेष तलबी खाता कुनै पनि संघ संस्थामा आबद्ध व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाता योजना हो।

१० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमाबाहेक पनि नारी बचत खातामा लकर धरौटीमा ५० प्रतिशत छुट र विभिन्न बंैकिङ सेवाहरूमा २५ प्रतिशतसम्म छुट रहेको बैंकले जानकारी दिएको छ।

प्रकाशित: २२ चैत २०७९ १९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =