हिमालयन बैंकको मोबाइल बैंकिङ निःशुल्क चलाउन सकिने

हिमाल प्रेस २६ चैत २०७९ २१:१८
6
SHARES
हिमालयन बैंकको मोबाइल बैंकिङ निःशुल्क चलाउन सकिने

काठमाडौँ- हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन सकिने भएको छ। नेपाल टेलिकमको सिम प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन सक्नेछन्। त्यसका लागि टेलिकम कम्पनी र बैंकबीच सम्झौता गरिएको छ।

सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारीले हस्ताक्षर गरेका छन्।

टेलिकमका प्रमुख व्यावसायिक अधिकृत पहाडीले बैंकका मोबाइल एप प्रयोगकर्ताको सहजताका लागि टेलिकमले सहजीकरण गर्ने कार्यलाई निरन्तरता दिएको बताइन्।

त्यस्तै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भण्डारीले बैंकका ग्राहकलाई सुविधा दिने कार्यमा नेपाल टेलिकमसँगको सहकार्य महत्वपूर्ण हुने बताए।

प्रकाशित: २६ चैत २०७९ २१:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =