मधेश प्रदेश सरकारबाट बाहिरियो एमाले

हिमाल प्रेस २१ चैत २०७९ १५:४५
14
SHARES
मधेश प्रदेश सरकारबाट बाहिरियो एमाले

जनकपुरधाम- मधेश प्रदेश सरकारबाट एमाले बाहिरिएको छ। एमालेबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले मंगलबार राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका हुन्।

संघमा नयाँ समीकरण बनेपछि एमालेका मन्त्रीहरू मधेश सरकारबाट बाहिरिँदै चैत ९ गते राजीनामा दिने तयारी गरे पनि एमाले र जसपा नेतृत्व छलफलमा जुटेपछि सो राजीनामा रोकिएको थियो।

बारा–२ को उपनिर्वाचनमार्फत प्रतिनिधिसभा प्रवेशको बाटो खोजेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एमालेको पनि साथ पाउने अपेक्षाले मधेश प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूलाई नहटाउन निर्देशन दिएका थिए। यद्यपि बारा–२ मा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले उम्मेदवारी दर्ता गराएपछि मधेश सरकारबाट बाहिरिनु परेको हो।

एमालेले बारा–२ मा उम्मेदवारी दिएलगत्तै जसपा अध्यक्ष यादवकै इसारामा मुख्यमन्त्री यादवले सोमबार राति राजीनामा बुझाउन निर्देशन दिएका स्रोतले बताएको छ।
नेकपा एमाले मधेश प्रदेशका नेताहरूले भने मुख्यमन्त्रीको निर्देशनकै कारण आफूहरूले राजीनामा बुझाएको बताएका छन्।

मधेश सरकारमा नेकपा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहम्मद जैयद आलम, गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंह, कानुनमन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्रीमा केशव राय थिए।

भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले मुख्यमन्त्री यादवसँगै गत पुस २९ गते शपथ लिएका थिए भने अन्य मन्त्रीहरू माघ २० गते सरकारमा सहभागी भएका थिए। गत पुस २९ गते सरकारमा सहभागी भएको एमालेले ३ महिना नपुग्दै सरकारबाट बाहिरिनु परेको हो।

प्रकाशित: २१ चैत २०७९ १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 19 =