रामपुर क्याम्पसको स्ववियु निर्वाचन रद्द गर्न कांग्रेसको माग

हिमाल प्रेस २१ चैत २०७९ १२:२३
4
SHARES
रामपुर क्याम्पसको स्ववियु निर्वाचन रद्द गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले चितवनस्थित रामपुर कृषि क्याम्पसको स्ववियु निर्वाचन रद्द गर्न माग गरेको छ। आज (मंगलबार) प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले रामपुरको स्ववियु निर्वाचनलाई अवैधानिक भन्दै पुनः निर्वाचन गराउन माग गरेको हो।

चैत १७ गते क्याम्पस प्रमुख र निर्वाचन समिति संयोजकले नेविसंघलगायतका विद्यार्थी संगठनसँग समन्वय नगरी एकलौटी मतदान गराएर निर्वाचनको नतिजा घोषणा गरेको कांग्रेसको आरोप छ।

‘पुनः निर्वाचन गराउन र दोषीलाई कारबाहीको माग गर्दै क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका नेपाल विद्यार्थी संघ रामपुर क्याम्पस, खैरहनीका कार्यवाहक सभापति एवं स्ववियु सचिव पदका उम्मेदवार विवेक अर्याललाई क्याम्पस हाताभित्रै आक्रमण गरिएको छ र उहाँ गम्भीर घाइते हुनुभएको छ। यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ।

चैत १७ गते नै निर्वाचनको विरोध गर्दा क्याम्पस प्रशासनको आदेशमा प्रहरीले नेविसंघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार रहेकाआशिष जैसी देवकोटा र निवर्तमान एकाइ अध्यक्ष सुरज यादवलाई कुटपिट गरेको कांग्रेसले बताएको छ। कांग्रेसले घाइतेको उचित उपचारको व्यवस्था गर्न पनि माग गरेको छ।

प्रकाशित: २१ चैत २०७९ १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =