आज पनि वर्षाको सम्भावना

हिमाल प्रेस २० चैत २०७९ ७:१४
6
SHARES
आज पनि वर्षाको सम्भावना

काठमाडौँ- पछिल्लो केही दिनयता लगातार परिरिएको वर्षा आज पनि हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पाँचवटा प्रदेशका पहाडी भेगमा हुने अनुमान छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने जनाएको छ।

त्यस्तै अन्य क्षेत्रमा आंशिक बदली हुने भनिएको छ। यस्तै आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रकाशित: २० चैत २०७९ ७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =