नगरपालिकाका मेयर प्रेमलालको सट्टामा एसईई दिने ज्वाइँ पक्राउ

हिमाल प्रेस १९ चैत २०७९ १५:२३
58
SHARES
नगरपालिकाका मेयर प्रेमलालको सट्टामा एसईई दिने ज्वाइँ पक्राउ

काठमाडौँ- रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुको सट्टामा एसईई दिएरहेका एक नक्कली विद्यार्थी पक्राउ परेका छन्। नगरप्रमुख कानु यसपटकको एसईईमा परीक्षार्थी हुन्। तर उनले खेताला विद्यार्थी खटाएको सूचनाको आधारमा प्रहरीले गरुडा नगरपालिका-६का कमल साह कानुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मौलापुर नगरपालिकाअन्तर्गत लक्ष्मीनिया मावि परीक्षा केन्द्रमा नगरप्रमुख कानुको सट्टामा एसईई परीक्षा दिइरहेका कमललाई अनुगमन टोलीले पक्राउ गरेको हो। उनको प्रवेशपत्र हेर्दा सिम्बोल नम्बर ३५०३७२८ नगरप्रमुखको नाममा रहेको पाइएको हो।

रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले नक्कली परीक्षार्थी रहेका कमलमाथि प कारबाही प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।

नक्कली परीक्षार्थी बनेका कमल पेसाले इन्जिनियर भएको खुलेको छ। त्यस्तै नगरप्रमुखको ज्वाइँ भएको बुझिएको प्रहरीले जनाएको छ। नगरप्रमुख एमालेबाट निर्वाचित व्यक्ति हुन्।

प्रकाशित: १९ चैत २०७९ १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 1 =