न्याय पाउने विश्वास लिएर फर्कँदै मिटरब्याजपीडित

हिमाल प्रेस १९ चैत २०७९ १२:४९
6
SHARES
न्याय पाउने विश्वास लिएर फर्कँदै मिटरब्याजपीडित मिटरब्याजपीडितसँग उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ।

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने आश्वासन दिएका छन्।  आइतबार स्वास्थ्य परीक्षणपछि आ–आफ्नो घर फर्किन लागेका मिटरब्याज पीडितलाई भेट्न पुगेका गृहमन्त्री श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन हुने आश्वासन दिएका हुन्।

सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री श्रेष्ठले पीडितहरू सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेको बताए।  उनले भने, ‘उहाँहरूले विश्वस्त भएर जादैछौँ भन्नुभयो। धेरैले आजै बेलुका जान्छौँ होला भन्नुभएको छ। सहमति कार्यान्वयन हुनेमा उहाँहरू ढुक्क हुनुहुन्छ।’

सरकार सहमतिप्रति गम्भिर रहेको भन्दै मन्त्री श्रेष्ठले सहमति कार्यान्वयन हुने स्पष्ट पारे। उनले समस्या समाधानका लागि आयोग बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसकेको जानकारी दिँदै अब आवश्यक निर्णय गरेर प्रक्रिया अगाडि बढाइने बताए।

पीडितहरु पनि सहमति कार्यान्वयन हुनेमा विश्वस्त देखिएका छन्। सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनीहरूले आफूहरूले न्याय पाउनेमा विश्वास व्यक्त गरे। उनीहरुले सरकारले गरेको सहमतिप्रति विश्वास रहेको बताए।

पीडित मनोजकुमार पासवानले आफूहरु भोलि (सोमबार) सम्ममा गाउँ फर्किसक्ने बताए। उनले गाउँसम्म पुग्ने व्यवस्थापन आफूहरु स्वयंले गरेको जानकारी दिए।

प्रकाशित: १९ चैत २०७९ १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =