गुरुङ जातिको अधिकारका लागि सामूहिक एकता आवश्यक : प्रदेश प्रमुख गुरुङ

हिमाल प्रेस १८ चैत २०७९ २१:२६
6
SHARES
गुरुङ जातिको अधिकारका लागि सामूहिक एकता आवश्यक : प्रदेश प्रमुख गुरुङ

पोखरा– गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जातिय हक अधिकारका लागि सामूहिक एकता आवश्यक रहेको बताएका छन्।

पोखरामा शनिबार तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्को १३औँ राष्ट्रिय पार्षद सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

एक्ला-एक्लै अघि बढ्नुभन्दा समूह बनाएर जाँदा लक्ष्य भेट्न सहज हुने बताउँदै उनले तमुहरूको भाषा, संस्कार, संस्कति जगेर्ना गर्नका लागि एकता आवश्यक रहेको औंल्याए।

भाषा कला संरक्षणमा तमु ह्युल छोंज धिं गुरूङ राष्ट्रिय परिषद्ले सराहनीय काम गरेको उनले जनाए। आगामी दिनमा पनि रचनात्मक काम गर्दै तमु जातिको अस्तित्व कायम गर्न भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।

शनिबारदेखि सुरु भएको भेला आइतबार सकिने तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए। केन्द्रीय पार्षद सभामा गुरुङ जातिको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक अधिकारका विषयमा छलफल हुने अध्यक्ष गुरुङले जानकारी दिए।

‘तमु भाषालाई सरकारी कामकाजको भाषा हाम्रो आह्वान, तमु भाषामा तमु थातथलोको नाम पुनःस्थापना र ऐतिहासिक पहिचानको संरक्षण हाम्रो अभियान’नारासहित आयोजना भएको भेलामा देशभरबाट गरी ६ सय प्रतिनिधिको सहभागिता रहेको महासचिव डम्बर गुरुङले जनाए।

प्रकाशित: १८ चैत २०७९ २१:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 5 =