दलहरूलाई गठबन्धन गरेर चुनावमा जान आयोगले रोक्नुपर्छ : रवि लामिछाने

'सरकारमा सहभागी हुनेबारे उपचुनावपछि निर्णय गर्छौं'

हिमाल प्रेस १८ चैत २०७९ १७:३६
4
SHARES
दलहरूलाई गठबन्धन गरेर चुनावमा जान आयोगले रोक्नुपर्छ : रवि लामिछाने फाइल तस्बिर

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न दलहरूले गठबन्धन गरे निर्वाचनमा जान नहुने बताएका छन्। उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्न शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले यस्तो बताएका हुन्।

‘गठबन्धन गरेर निर्वाचनमा जानु गलत छ। यस्तो परिपाटीलाई निर्वाचन आयोगले रोक्नुपर्छ। साँठगाँठ र मिलेमत्तो गरेर चुनाव लड्ने प्रवृत्तिले जनतालाई डेलिभरी दिन सक्दैन। गठबन्धन गर्दा कुनै पनि दलको एजेन्डा कार्यान्वयन नहुँदा स्थिर सरकार बन्न सक्दैन,’ पूर्वगृहमन्त्रीसमेत रहेका उनले भने, ‘रास्वपा एक्लै चुनावमा जान्छ। हामी कसैसँग गठबन्धन गर्दैनौं, एक्लै चुनाव लड्छौं।’

सरकारमा सहभागी हुने वा नहुने सन्दर्भमा रास्वपा अहिले निर्णयमा नपुगेको उनले बताए। सरकारको नीति तथा कार्यक्रमबाट भ्रष्टाचारका फाइल खोल्ने बुँदा हटाइएकोतर्फ संकेत गर्दै उनले यदि सो बुँदा हटाइएको हो भने रास्वपा सरकारमा सहभागी नहुने उनले बताए।

सरकारमा जानेबारे उपनिर्वाचनपछि मात्र निर्णय गरिने उनले जनाए। पत्रकार सम्मेलनमा वैशाखमा हुने उपनिर्वाचनमा बारा २ बाट रमेश खरेल, चितवन २ बाट लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्लेले उम्मेदवारी घोषणा गरेका छन्।

प्रकाशित: १८ चैत २०७९ १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + four =