बाबियाचौरमा ब्याडमिन्टन कर्भड हल

हिमाल प्रेस १८ चैत २०७९ ७:३८
4
SHARES
बाबियाचौरमा ब्याडमिन्टन कर्भड हल

म्याग्दी- म्याग्दीको मंगला गाउँपालिका-२ बाबियाचौरमा २१ लाख रुपैयाँमा कर्भड हल निर्माण भएको छ। ब्याडमिन्टनसहित मार्सल आर्टका खेलसमेत सञ्चालन गर्न मिल्ने गरी निर्मित कर्भड हलको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गरेका हुन्।

गाउँपालिकाको ११ लाख रुपैयाँ, पूर्वाधार कार्यालयको पाँच लाख रुपैयाँ र २ को वडा कार्यालयबाट पाँच लाख रुपैयाँ गरी २१ लाख रुपैयाँको आर्थिक सहयोगमा उक्त कर्भड हल निर्माण भएको हो।

गाउँपालिका अध्यक्ष रोकाले समुदायमा आवश्यक सबै पूर्वाधारमा पालिकाको बजेटबाट मात्रै सम्भव नभएकाले अन्य सरकारी निकाय, प्रदेश र संघीय सरकारबाट समेत बजेटको आवश्यकता रहेको बताए।

कर्भड हल बाहिर पार्किङ, व्यवस्थित शौचालयसहितको संरचनाका लागि समेत मंगला युथ क्लबले बजेट माग गरेको छ। कर्भड हललाई आवश्यकताअनुसार संरचना थप गरिने जनाइएको छ।

प्रकाशित: १८ चैत २०७९ ७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =