मन्त्रीको नाम तयार छ, प्रधानमन्त्रीको जवाफ कुर्दै छौँः एकीकृत समाजवादी

हिमाल प्रेस १५ चैत २०७९ १६:०२
32
SHARES
मन्त्रीको नाम तयार छ, प्रधानमन्त्रीको जवाफ कुर्दै छौँः एकीकृत समाजवादी जगन्नाथ खतिवडा

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने बारेमा प्रधानमन्त्री जवाफको प्रतिक्षा गर्ने भएको छ। बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले आफ्नो दाबी तीन वटा मन्त्रालयमा रहेको र मन्त्रालय प्राप्त नभइसकेको र मन्त्रालय टुंगो पनि नलागेका कारण प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा रहेको उक्त पार्टीको भनाइ छ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो पार्टीले धेरै त्याग गरिसकेकाले अब आफूले मागेका तीन मन्त्रालयमा आफ्नो पार्टीको अडान रहेको बताए।

उनले तीन वटा मन्त्रालय प्राप्त नभइसकेको र मन्त्तालयको पनि टुंगो नभएकाले प्रधानमन्त्रीको जवाफ कुरेर बसेको जानकारी दिए।

‘धेरैबेर छलफल गरेका छौँ। तीन मन्त्रालयमा हाम्रो दाबी छ। मन्त्रालय प्राप्त भई नसकेको र मन्त्रालय पनि टुंगो लागि नसकेकाले हामी प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा छौँ,’ उनले भने, ‘जुनकुनै बेला पनि मन्त्रीको नाम दिनसक्ने गरी तयारीमा छौँ। हामी तीन नाम दिन तयार भएर बसेका छौँ।’

प्रकाशित: १५ चैत २०७९ १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 10 =