निजामती, प्रहरी समायोजन र शिक्षा ऐन निर्माणको अन्तिम चरणमा छन् : प्रधानमन्त्री

हिमाल प्रेस १५ चैत २०७९ १४:०१
6
SHARES
निजामती, प्रहरी समायोजन र शिक्षा ऐन निर्माणको अन्तिम चरणमा छन् : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती ऐन, प्रहरी समायोजन ऐन र संघीय शिक्षा ऐन निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको दाबी गरेका छन्।

बुधबार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताको त्याग र बलिदानबाट संविधान निर्माण भई परिवर्तन र सामाजिक रूपान्तरणका मुद्दा संस्थागत गरिएको भए पनि संविधानले परिकल्पना गरेअनुरूप संघीय र प्रादेशिक ऐनहरू बनिरहेको बताएका हुन्।

‘संविधानले व्यवस्था गरेअनुरूप राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको सही विन्यास गर्न संघीय कानुनहरू यथाशीघ्र निर्माण गर्नुपर्ने राष्ट्रिय दायित्व हाम्रोअघि छ,’ उनले भने, ‘कतिपय संघीय कानुनहरू समेत एकअर्कासँग बाझिएको परिस्थितिमा त्यसको समाधानका निम्ति केन्द्र सरकारले समन्वयकारी खेल्नुपर्छ र त्यो भूमिका खेलिरहेको छ।’

ती ऐनहरूले निर्माण र संशोधनको प्रक्रिया पूरा भए संघीय व्यवस्था र अभ्यासले नयाँ फड्को मार्ने उनको भनाइ छ।

प्रकाशित: १५ चैत २०७९ १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + one =