तालिम नलिए स:सर्त लिइएको शिक्षक लाइसेन्स रद्द

हिमाल प्रेस १४ चैत २०७९ १९:२१
482
SHARES
तालिम नलिए स:सर्त लिइएको शिक्षक लाइसेन्स रद्द

काठमाडौँ- शिक्षक सेवा आयोगले तालिम नलिए सशर्त लिइएको अध्यापन अनुमति पत्र (लाइसेन्स) रद्द हुने जनाएको छ। आयोगले शिक्षा बाहेक अन्य संकायबाट स्नातक गरी लाइसेन्स लिएकाले तोकिएको अवधिमा तालिम नलिए रद्द हुने जनाएको हो।

आयोगले तत्कालीन उच्च माध्यमिक तहमा कार्यरत शिक्षकका लागी सशर्त प्रदान गरेको अध्यापन अनुमति पत्र (लाइसेन्स) अद्यावधिक गर्न २०८१ चैत्र मसान्तसम्म तालिम लिइसक्नु पर्ने जनाएको छ।

नेपाली र सामाजिक विषय अध्यापन गर्न अनिवार्य रुपमा तालिम लिनुपर्ने, तोकिएको समयावधिभित्र तालिम नलिएमा अनुमतिपत्र स्वतः खारेज हुने, अन्य विषयका हकमा भने शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ९ को उपनियम ७, ८र ९ बमोजिम हुने सूचनामा उल्लेख छ।

माध्यमिक तहको विषयगत अध्यापन अनुमतिपत्रको परीक्षामा सफल भएका उम्मेद्वारलाई २०८१ चैत्र मसान्त सम्म तालिम पूरा गर्ने शर्तमा सातवटै प्रदेशका शिक्षा विकास निर्देशनालयले लाइसेन्स वितरण गरिएको थियो।

प्रकाशित: १४ चैत २०७९ १९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =