शिक्षक संघ ललितपुरमा सुरेशप्रसाद घिमिरे निर्वाचित

हिमाल प्रेस १३ चैत २०७९ १८:२५
14
SHARES
शिक्षक संघ ललितपुरमा सुरेशप्रसाद घिमिरे निर्वाचित

काठमाडौँ- नेपाल शिक्षक संघ जिल्ला कार्य समिति ललितपुरको अध्यक्षमा सुरेशप्रसाद घिमिरे निर्वाचित भएका छन्।

महिला उपाध्यक्षमा रूपा श्रेष्ठ निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक  दीपेश्वरी बजगाईले जानकारी दिइन्। उपाध्यक्षमा एकानिधि घिमिरे र सचिवमा तुलसीप्रसाद न्यौपाने निर्वाचित भए।

सचिव अर्थमा कुलचन्द्र आचार्य र सहसचिवमा केशवप्रसाद घिमिरे निर्विरोध चयन भए। सहसचिव महिलामा ललिता डंगोल निर्वाचित भइन् भने सहसचिव अर्थ महिलामा हेमन्ती सत्याल, सहसचिव समावेश २ मा महेन्द्र पण्डित, सहसचिव समावेशी १ मा रघुनाथ महर्जन निर्विरोध चयन भएका छन्।

यस्तै सदस्य महिलामा कल्पना दाहाल (काप्री), समीक्षा रोकाय, सरिता लामा निर्विरोध भएका छन्। अन्य सदस्यहरूमा आत्माराम घिमिरे, नवराज महत, प्रकाश केसी, राजन राईगाई चुनिएका छन्।

संघीय महाधिवेशन प्रतिनिधिहरूमा गीताकुमारी घिमिरे बजगाई, रमा सिम्खडा, दीर्घप्रसाद घिमिरे, पुष्पराज जोशी, रमेश न्यौपाने चयन भएका छन्। प्रदेश महाधिवेशन प्रतिनिधिहरूमा गीताकुमारी शाह, सुशीला कार्की, अच्युत पन्थी, ज्ञानेन्द्रप्रसाद सञ्जेल, प्रह्लाद नेपाल, लक्ष्मण महत चयन भएको संयोजक बजगाईले बताइन्।

प्रकाशित: १३ चैत २०७९ १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =