भागबन्डा मिलाउन मंगलबार बेलुका गठबन्धन बैठक राख्ने समझदारी

हिमाल प्रेस १३ चैत २०७९ ११:४३
2
SHARE
भागबन्डा मिलाउन मंगलबार बेलुका गठबन्धन बैठक राख्ने समझदारी

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारबारे परामर्शमा जुटेका छन्। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन्।

सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्ष नेपालसँग मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गरेका हुन्। तीन नेताबीच मन्त्रिपरिषद् विस्तारका लागि मंगलबार अपराह्न ४ बजे सत्ता गठबन्धन दलको बैठक बोलाउने समझदारी भएको छ।

६ चैतमा संसदमा दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँटका विषयमा सहमति जुट्न सकेको छैन ।

भोलि (मंगलबार) बस्ने सत्ता गठबन्धनको बैठकपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

प्रकाशित: १३ चैत २०७९ ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =