आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

हिमाल प्रेस १० चैत २०७९ १६:५५
22
SHARES
आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

काठमाडौँ– प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीबीच एकता भएको छ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकताको घोषणा गरिएको हो। एकतापछि पार्टीको नाम आम जनता पार्टी नै रहेको छ।

एकता घोषणा कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष साहले मुलुक अप्ठेरो अवस्थामा पुगेका कारण विभिन्न शक्तिहरू एकीकृत हुनुपरेको बताए।

अर्थतन्त्रको भ्रष्ट नीतिका कारण मुलुकको अर्थतन्त्र धरासयी बनेको भन्दै उनले यसमा नीति निर्माण तहमा पुगेका व्यक्तिहरू गम्भीर हुनुपर्ने धारणा राखे। अब सरकार गम्भीर भएर मुलुकमा देखिएका समस्याहरू समाधान गर्न ध्यान केन्द्रीत गर्नुपर्ने उनको भनाइ छ।

अहिले नेताहरू कुर्सीको व्यापारी बनेकाले जनताहरू निराश हुनुपरेको उनको भनाइ छ। एकता कार्यक्रममा आम जनता पार्टीको दोश्रो संशोधित अन्तरिम विधान सार्वजनिक गरिएको छ।

प्रकाशित: १० चैत २०७९ १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − one =