६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव, आठ महिनामा मात्रै १३ अर्ब नाफा बिदेसियो

हिमाल प्रेस ७ चैत २०७९ १६:२६
4
SHARES
६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव, आठ महिनामा मात्रै १३ अर्ब नाफा बिदेसियो

काठमाडौँ- करिब ६२ वर्षमा नेपाली उद्योग क्षेत्रमा करिब २८ खर्ब रुपैयाँ बराबर लगानी प्रस्ताव भएको पाइएको छ। उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म (विभिन्न क्षेत्रका उद्योगमा) २७ खर्ब ८२ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको पाइएको हो।

आर्थिक वर्ष २०१७/१८ सालदेखि २०७९/८० सम्म आठ हजार नौ सय ७४ उद्योगमा उक्त लगानी प्रस्ताव गरिएको हो। विभागको तथ्यांकअनुसार हालसम्म दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा रहेको छ। तथ्यांकअनुसार हालसम्म दर्ता भएका उद्योगले छ लाख ७० हजार दुई सय ५५ जनालाई रोजगारी दिएको छ।

आठ महिनामा साढे एक खर्ब प्रतिबद्धता

विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्यांकअनुसार स्वदेशी र विदेशी लगानीका एक सय ८३ उद्योगका लागि एक खर्ब ५५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ।

सो अवधिमा दुई सय ३९ विदेशी लगानीका उद्योगका लागि ३१ अर्ब २१ करोड ११ लाख ३२ हजार एक सय ९६ रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। सोमध्ये फागुनमा मात्रै तीन अर्ब ४४ करोड ९८ लाख ३८ हजार छ सय रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ।

विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा दुई अर्ब ६४ करोड नौ लाख रुपैयाँ, भदौमा तीन अर्ब ४४ करोड ६५ लाख, असोजमा एक अर्ब ८५ करोड ४७ लाख र कात्तिकमा तीन अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

त्यस्तै मंसिरमा ८० करोड आठ लाख, पुसमा चार अर्ब ८५ करोड २० लाख र माघमा एक अर्ब ३९ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८÷७९ को साउनमा पाँच अर्ब ५३ करोड ५० लाख, भदौमा छ अर्ब ३२ करोड, असोजमा एघार अर्ब ९६ करोड पाँच लाख, कात्तिकमा ९८ करोड, मंसिरमा पाँच अर्ब १५ करोड ५१ लाख, पुसमा ६१ करोड २० लाख, माघमा ५३ करोड ९५ लाख र फागुनमा दुई अर्ब २३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

नाफा विदेशमा

चालु आर्थिक वर्षको आठ महिनामा करिब साढे १३ अर्ब नेपाली रुपैयाँ विदेसिएको छ। उद्योग विभागले सार्वजनिक गरेको आठ महिनाको तथ्यांकअनुसार १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार तीन सय २४ रुपैयाँ लाभांशबापत फिर्ताको सिफारिस गरिएको हो।

विभागले आठ महिनामा रोयल्टीबापत दुई अर्ब आठ करोड ९३ लाख ९७ हजार १०७ नेपाली रुपैयाँ, ११ लाख ४८ हजार सात ६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार ८२५ भारतीय रुपैयाँ र ७ हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ।

विभागले सिफारिस गरेपछि नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएपछि मात्र नेपाली रुपैयाँ विदेश लैजान पाइन्छ। विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने व्यवस्था छ। रासस

प्रकाशित: ७ चैत २०७९ १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − six =