गुणस्तरीय जुत्ता चप्पल उत्पादन गर्न नेपाल सक्षम : फुटवेयर एशोसिएशन

हिमाल प्रेस १७ पुष २०७९ १७:१२
6
SHARES
गुणस्तरीय जुत्ता चप्पल उत्पादन गर्न नेपाल सक्षम : फुटवेयर एशोसिएशन

काठमाडौँ– फुटवेयर एशोसिएशनका उपाध्यक्ष रुद्र न्यौपानेले गुणस्तरीय र सर्वसुलभ मूल्यका जुत्ता चप्पल उत्पादन गर्न नेपालका उद्योग सक्षम रहेको बताएका छन्। नेपालमा उत्पादन भएका जुत्ता चप्पल ६१ प्रतिशत नेपालमा नै खपत भइरहेको र नेपाललाई आवश्यक पर्ने उत्पादनका लागि नेपाली जुत्ता चप्पल उद्योग सक्षम रहेको उनको भनाइ छ।

उपाध्यक्ष न्यौपानेले पछिल्लो समय नेपालमा उत्पादन भएका १ करोड जोर जुत्ता विदेशमा निर्यात हुने गरेको उल्लेख गरे। नेपाल जुत्ता चप्पलमा आत्मनिर्भर रहेको भन्दै जुत्ता उत्पादकहरू नयाँ मोडल र नयाँ प्रविधिसहितको गुणस्तर बढाउन अग्रसर भएको उनले बताए।

सरकारले जुत्ता चप्पल उद्योगी व्यवसायीहरूका लागि बनाइएका नीति नियमहरूको स्थायित्व नहुँदा चोरी पैठारीको समस्या रहेको गुनासो व्यक्त गरे। चोरी पैठारीबाट जुत्ताचप्पल आएर बजारमा आउने भएकाले जुत्ता चप्पलमा व्यवसायीहरूले लगाएको लगानी जोखिममा रहेको बताए।

सरकारले बनाउने नीतिहरूमा स्थायित्व आउन नसके फुटवेयर उद्योग समस्यामा पर्ने अवस्था रहेको उनले उल्लेख गरे। नेपाली उत्पादन जुत्ताचप्पल अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिष्पर्धा गर्न सक्षम रहेको पनि उनले उल्लेख गरे। स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको उनले जानकारी दिए।

फुटवेयर एशोसिएशन अफ नेपालको आयोजनामा हुने १६ औं ‘अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी २०७९’ प्रदर्शनी २१ गतेदेखि २३ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ।

प्रकाशित: १७ पुष २०७९ १७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =