एसईईमा ५ लाख १६ हजार विद्यार्थी सहभागी हुने

हिमाल प्रेस ७ चैत २०७९ १४:३४
44
SHARES
एसईईमा ५ लाख १६ हजार विद्यार्थी सहभागी हुने फाइल तस्बिर।

काठमाडौँ- २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५ लाख १६ हजार ५७७ जना परीक्षार्थी सहभागी हुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार एसईईमा गत वर्षभन्दा ३४ हजार ३३८ जना परीक्षार्थी बढेका हुन्। गत वर्ष ४ लाख ८२ हजार २१९ जनाले एसईई दिएका थिए।

एसईईमा २ लाख ६० हजार ६६४ जना छात्र र २ लाख ५५ हजार ९१३ जना छात्रा सहभागी हुने बोर्डले जनाएको छ। एसईईमा जापानबाट १५ जना परीक्षार्थी सहभागी हुने भएका छन्। जापानको एभरेष्ट इन्टरनेसनल स्कुलबाट अघिल्लो वर्षको एसईईमा पनि परीक्षार्थी सहभागी थिए।

बोर्डले एसईई परीक्षाका लागि देशभर २ हजार ३८ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ। सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा ७३४ वटा र सबैभन्दा कम १७९ वटा कर्णालीमा निर्धारण गरिएको छ। यस वर्षको एसईई चैत १७ गतेदेखि सञ्चालन हुँदैछ।

प्रकाशित: ७ चैत २०७९ १४:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =