आईएमई लाइफ इन्स्योरेन्सको छैटौँ वार्षिक साधारणसभा सम्पन्न

हिमाल प्रेस ६ चैत २०७९ १७:३६
6
SHARES
आईएमई लाइफ इन्स्योरेन्सको छैटौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ- आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा सोमबार साधारणसभा सम्पन्न भएको हो। सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरेको छ।

लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८÷७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसुचीलगायतका विवरणमाथि छलफल गरी पारित गरिएका छन्।

त्यस्तै एनएफआरएस प्रणाली लागू गरी तयार गरिएको वित्तीय विवरणमाथि छलफल गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिएको कम्पनीले जानकारी दिएको छ।

त्यस्तै सर्वसाधारणलाई छुट्याइएको सेयर जारी गर्ने कार्यसम्बन्धी नियमनकारी निकायबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिएको छ। त्यसैगरी कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक नियुक्तिसम्बन्धी प्रस्तावहरूमाथि छलफल गरी सो प्रस्तावहरू सर्वसम्मतिबाट पारित गरिएको कम्पनीले जानकारी दिएको छ।

डा. अर्यालले आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्मको अपरिस्कृत विवरण अनुसार बीमा कोष २२.३१ प्रतिशतले वृद्धि भई ५ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ पुगेको जानकारी दिए।

उक्त अवसरमा डा. अर्यालले कम्पनीका अगाडि भएका चुनौतीहरूबारे पनि जानकारी गराए। सर्वसाधारणका निमित्त सेयर जारी गर्न भइरहेको आन्तरिक तयारी पनि अन्तिम अवस्थामा रहेको भन्दै उनले जीवन बीमा कम्पनीहरूमाझ अब्बल कम्पनीका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले कम्पनीको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहक सेवाप्रति निरन्तर प्रतिबद्ध रहने बताए।

प्रकाशित: ६ चैत २०७९ १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =