राराब जनकपुरधामको स्ववियु सभापतिमा नेविसंघका यादव निर्वाचित

हिमाल प्रेस ६ चैत २०७९ १७:०४
20
SHARES
राराब जनकपुरधामको स्ववियु सभापतिमा नेविसंघका यादव निर्वाचित

जनकपुरधाम– जनकपुरधामको रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार मनिषकुमार यादव निर्वाचित भएका छन्।

यादवले १ हजार १ सय ४७ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका उम्मेदवार प्रशान्त झाले ७ सय १५ मत प्राप्त गरे।

यस्तै पाँचदलीय गठबन्धनका उम्मेदवार गौतम कुमार यादवले १ सय १८ मत पाए। क्याम्पसमा ७ हजार २सय १५ विद्यार्थी मतदाता रहेकोमा २ हजार ६सय ६२ जनाले मात्रै मतदान गरेका थिए।

राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित कुल ८८ जनाले उम्मेदवारी दिएका थिए।

स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिकबाट निर्वाचित भएर चुनिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =