‘बीमा क्षेत्रको मेरुदण्ड बीमा अभिकर्ता’

हिमाल प्रेस ६ चैत २०७९ १६:२३
2
SHARE
‘बीमा क्षेत्रको मेरुदण्ड बीमा अभिकर्ता’

काठमाडौँ- सरोकारवालाहरूले बीमा क्षेत्रको समग्र मेरुदण्ड बीमा अभिकर्ता (एजेन्ट) रहेको औंल्याएका छन्। बीमा बजारको दिगो वृद्धिको पहिलो शर्त व्यावसायिक अभिकर्ता भएको सरोकारवालाले औंल्याएका हुन्।

राष्ट्रिय बीमा संस्थानले काठमाडौँमा आयोजना गरेको ‘जीवन बीमा अभिकर्ता पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रम’ मा सहभागीहरूले विश्वमै जीवन बीमा व्यवसायिक अभिकर्ता बिना सम्भव नै नहुने बताएका हुन्।

अभिकर्ता व्यापारिक केन्द्र वा डिलर भएकाले बीमालेख वितरणको भरपर्दो टेस्टेड माध्यम भएको सहभागीहरूको भनाइ थियो। अभिकर्तालाई बीमा प्राधिकरणले व्यवस्ति बनाउनुपर्ने र व्यवस्थित बनाएपछि बीमा बजार विस्तारमा थप सहजता छाउने उनीहरूको भनाइ थियो। ‘जीवन बीमा र व्यवसायिक सफलता’ विषयमा प्राइम लाइफका पूर्वसीईओ मनोजकुमार भट्टराईले बीमा कम्पनीका तर्फबाट अभिकर्ता नै ग्राहकसँग पहिलो साक्षात्कार गर्ने पहिलो अन्डरराइटर भएको बताए।

कम्पनीको अभिकर्ताप्रति विश्वास हुने भन्दै उनले अभिकर्ताले नै ग्राहक तान्ने बताए। ‘ग्राहक आफै कम्पनीमा नगन्य आउँछन् तर अभिकर्ताहरूले उनीहरूको विश्वासमा ग्राहक तान्छन्,’ उनले भने, ‘अभिकर्ताकै विश्वासमा ग्राहक आकर्षित हुन्छन् र बीमाको व्यापार बढ्छ। यसकारण अभिकर्ता बीमा व्यवसायका मेरुदण्ड हुन्।’

संस्थानका प्रशासक कविप्रसाद पाठकले व्यवसायलाई कसरी स्वस्थ ढंगले अगाडि बढाउने भन्नेमा अभिकर्ताको भूमिका उच्च रहेको बताए। अभिकर्ता पेसालाई व्यावसायिक बनाउँदै उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रवद्र्धन गर्दै लैजानुपर्ने उनको भनाइ थियो।

कम्पनीका शाखा तथा बजार व्यवस्थापन विभाग प्रमुख दिपा अधिकारीले बीमा क्षेत्रको विद्यमान अवस्था र संस्थानको विद्यमान अवस्थाबारे प्रस्तुति दिइन्। कार्यक्रममा जीवन बीमा गर्ने अभिकर्ताको सेवा, शर्त र सुविधासम्बन्धी अवसरमा छलफल गरिएको बीमा संस्थाले जानकारी दिएको छ।

प्रकाशित: ६ चैत २०७९ १६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 11 =