एमालेसँगको खटपटको कारण खुलाउँदै प्रधानमन्त्रीले मागे विश्वासको मत [फोटो फिचर]

दिपेश श्रेष्ठ ६ चैत २०७९ १३:४३
46
SHARES
एमालेसँगको खटपटको कारण खुलाउँदै प्रधानमन्त्रीले मागे विश्वासको मत [फोटो फिचर]

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रोपटक विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ। सोमबार (आज) दिउँसो १ बजेपछि बसेको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु भएको हो। प्रधानमन्त्रीले सबै दल तथा स्वतन्त्र सांसदलाई विश्वासको मत दिन आग्रह पनि गरे।

उनले यति छिटै पुन: विश्वासको मत लिनुपर्छ भनेर आफूले नसोचेको पनि बताए। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने आफ्नो प्रस्ताव एमालेले नटेर्दा अहिलेको अवस्था आएको उनको भनाइ छ। त्यस्तै उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा संसद्‌ विघटनको घटनालाई अहिले आएर पनि सही थियो भन्ने पुष्टि गराउन खोजेपछि एमालेसँगको गठबन्धनमा खटपट आएको उनको भनाइ छ।

‘यति छिटै संसद्‌मा विश्वासको मत माग्नुपर्छ भन्ने सोचेकै थिइनँ। चौतर्फी निराशा र हतासालाई चिर्दै सरकारले एक हिसाबले काम गरिरहेको थियो,’ उनले भने, ‘राष्ट्रिय सहमतिको मेरो प्रस्तावमा एमाले र राप्रपाले समर्थन फिर्ता लियो। सरकार गठनको २ महिना नपुग्दै समर्थन फिर्ता लिने निर्णय कत्तिको जायज हो सम्बन्धित दल र माननीयहरूले मनन् गर्नुहोला।’

उनले आफू सधैँ राष्ट्रिय सहमतिका साथ अघि बढ्ने योजना बनाएर सोहीअनुसार भएको सम्झौता पालना गर्न प्रतिबद्ध भएर लागेको प्रचण्डको दाबी छ।

‘म सरकारबाहिर रहेका पार्टीलाई लिएर राष्ट्रिय सहमति बनाउन प्रयत्नशील थिएँ। म सम्झौताको पालना गर्न प्रतिबद्ध थिएँ। संसद्‌को पहिलो दिन नै संसद्‌ विघटनले ठूलो विषय आयो। त्यो न सान्दर्भिक थियो न अर्थ थियो,’ उनले भने, ‘अप्रिय प्रवेशले गठबन्धनसँगै संसद्‌को स्थायीत्वमा प्रश्न उठ्यो। राष्ट्रका संकटको सामना गर्न मैले राष्ट्रिय सहमति खोज्नुपर्थ्यो खोजेँ। नयाँ सुरुवात गर्न चाहेँ। संसद्‌को ठूलो दलको हैसियतले कांग्रेसलाई राष्ट्रपति दिउँ भनेर मैले एमालेसँग प्रस्ताव राखेको थिएँ। तर परिणाम त्यसमा सहमति हुन सकेन। मेरो चाहना त्यो कमजोरी थियो र?’ सहमतिमा राष्ट्रपति र उपराष्ट्रपति ल्याउने कुरा सम्भव भएन। तर, प्रधानमन्त्रीका रूपमा मैले लिएको पहलकदमीमा खोट थिएन।’

प्रकाशित: ६ चैत २०७९ १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − three =