‘केसो नेग्रेइरा’ले ओझेलमा पारेको एल क्लासिको

हिमाल प्रेस ६ चैत २०७९ १२:१७
12
SHARES
‘केसो नेग्रेइरा’ले ओझेलमा पारेको एल क्लासिको

काठमाडौँ- फ्रान्क केसीले आतिरिक्त समयमा निर्णायक गोल गरेपछि बार्सिलोनाले आइतबार राति रियल म्याड्रिडमाथि २–१ को जित दर्ता गरेको छ। यो जितपछि बार्सिलोनाले शीर्षस्थानमा पकड झनै बलियो बनायो। अब बार्सिलोना र दोस्रो स्थानको रियलबीच १२ अंकको दूरी स्थापित भएको छ। बार्सिलोनाको ६८ अंक छ।

स्पेनिस ला लिगामा अब १२ खेल खेल्न बाँकी छ। सन् २०१९ यता ला लिगा च्याम्पियन बन्न नसकेको बार्सिलोनाले उपाधितर्फ कदम बढाइरहँदा रियल भने उपाधि रक्षामा असफल हुने सम्भावना बढ्दो छ।

क्याम्प नौउमा रियलले नवौँ मिनेटमा अग्रता लिएको थियो। बार्सिलोनाका रोनाल्ड अरौओले आफ्नै पोस्टमा गोल गरेपछि रियल खेलमा अघि बढेको थियो। त पहिलो हाफ सकिनै लाग्दा बार्सिलोना सर्जी रोबर्टोको गोलबाट खेलमा फर्कियो।

दोस्रो हाफमा दुवै टिमले गोलका निकै अवसर सिर्जना गरे। मार्को असन्सियोले ८१ औँ मिनेटमा गोल त गरे, तर रियलको यो गोललाई भीएआरले मान्यता दिएन। निर्धारित ९० मिनेट सकिएपछि सात मिनेट थपिएको खेलमा आइभरी कोस्टमा मिडफिल्डर केसीले अलेहान्द्रो बाल्डेको पासमा गोल गरे।

‘यो नतिजा जारी सिजनको निर्णायक होइन। तर उपाधिनजिक पुग्न महत्त्वपूर्ण कदम भने हो। ला लिगामा १२ अंकको अग्रता सामान्य होइन। मलाई लाग्छ हामीले असामान्य प्रदर्शन गरिरहेको छौँ। खेलाडीहरूले जसरी खेलेका छन्, त्यसले मलाई गर्व महसुस गराएको छ,’ एल क्लासिकोमा जित हासिल गरेपछि बार्सिलोनाका प्रशिक्षक जार्भी हर्नान्डेजले भने।

बार्सिलोना र रियल यो सिजन चौथो पटक भिडेका हुन्। यसअघि ला लिगाकै खेलमा रियल ३–१ ले विजयी भएको थियो भने सुपर कपको फाइनल कोपा डेर सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले बाजी मारेको थियो।

स्पेनिस फुटबलको सबैभन्दा बलियो प्रतिद्वन्द्विताको नवीकरण एकहदसम्म छायामा पर्‍यो। यसको कारण थियो, बार्सिलोनाले खेपिरहेको रेफ्रीलाई घुस खुवाएको आरोप। जसलाई स्पेनका सञ्चारमाध्यमले ‘केसो नेग्रेइरा’ को नाम दिएका छन्। स्पेनको सरकारी वकिलको कार्यलयले बार्सिलोनामाथि स्थानीय अदालतमा मुद्दा दायर गरिसकेको छ।

रेफ्री समितिका तत्कालिन उपाध्यक्ष जोसे मारिया एनरिकेज नेग्रेइराको कम्पनीलाई बार्सिलोनाले सिन् २००१ बाट २०१८ भित्र करिब ७० लाख भुक्तानी गरेको गरेको आरोप छ। नेग्रेइरा लामो समय ला लिगामा सक्रिया रेफ्री थिए।

बार्सिलोनाका पूर्वअध्यक्ष जोसेप लापोर्टले रेफ्रीलाइ घुस खुवाएको नभई रेफ्रीहरूको प्राविधिक रिपोर्टका लागि शूल्क तिरेको बताइरहेका छन्।

बार्सिलोनालाई कारबाहीको माग राख्दै रियल पनि अदालत पुगिसकेको छ। बार्सिलोनाको विरोध स्वरुप रियलका अध्यक्ष फ्लोेरेन्टिनो पेरेजक्याम्प नौउमा उपस्थित थिएनन्। उनले २० वर्षमा पहिलो पटक एल क्लासिको छुटाएका हुन्।

बल पोसेसनमा बार्सिलोनाभन्दा केही कमजोर देखिएको रियलले खेल जित्ने अवसर भने निकै पटक पाएको थियो। रियलका प्रशिक्षक कार्लो एन्सिलोट्टीले असेन्सियोको गोल अफसाइड भएको निर्णय दिएका कारण आफूहरू जितबाट वञ्चित भएको प्रतिक्रिया दिए।

‘त्यो गोलमाथि दिइएको निर्णयका कारण हामी हार्न पुग्यौँ। निर्णय सही थियो भनेर भन्न सकिने अवस्था छैन। हामी यही शंका बोकेर म्याड्रिड फर्कदैछौँ,’ एन्सिलोट्टीले भने।

बार्सिलोनाका प्रशिक्षक जाभीले जितपछि घरेलु समर्थकलाई धन्यवाद दिए। खेलअघि क्याम्प नौउमा रियललाई दबाब दिनेगरि वातावरण सिर्जजा गर्न समर्थकलाई आह्वान् गरेका जाभीले भने, ‘मलाई थाहा छ, हामीेले लिग जितिसकेका छैनौँ। तर समर्थकको उत्साह लोभलाग्दो थियो।’

प्रकाशित: ६ चैत २०७९ १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =