हेटौंडाको वंशगोपाल क्याम्पस सभापतिमा अनेरास्वियूका सिलवाल निर्वाचित

हिमाल प्रेस ५ चैत २०७९ १७:२७
6
SHARES
हेटौंडाको वंशगोपाल क्याम्पस सभापतिमा अनेरास्वियूका सिलवाल निर्वाचित

हेटौंडा– हेटौंडा-६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको सभापतिमा नेकपा एसनिकट अनेरास्ववियूका दिवस सिलवाल निर्वाचित भएका छन्।

नेकपा एमालेनिकट अनेरास्ववियु, नेकपा एसनिकट अनेरास्ववियू र विप्लवनिकट अखिल क्रान्तिकारीबीच गठबन्धन गरी भएको निर्वाचनमा अनेरास्ववियूका सिलवाल १८ मतसहित निर्वाचित भएका हुन्। निकटतम् प्रतिस्पर्धी राप्रपानिकट राप्रविसंकी मनिका गौतमले ९ मत पाइन्।

सचिवमा अनेरास्ववियुकी प्रतिमा लामिछानेले २०, कोषाध्यक्षमा रूपा राईले १७, सदस्यहरूमा सपना राउत २३ र सुजन गोलेले १७ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। यहाँ नेपाली कांग्रेस निकट नेविसंघ, माओवादीनिकट अखिल क्रान्तिकारी र राप्रपानिकट राप्रविसंबीच गठबन्धन थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 19 =