चिकित्सा शिक्षा स्नातक तहको सिट बाँडफाँट (विवरणसहित)

हिमाल प्रेस २ चैत २०७९ १३:३०
8
SHARES
चिकित्सा शिक्षा स्नातक तहको सिट बाँडफाँट (विवरणसहित)

काठमाडौँ- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको विदेशी समूह, सःशुल्क, खुला तथा आरक्षण छात्रवृत्ति कोटाको सिट संख्या बाँडफाँट गरेको छ।आयोगले चिकित्सा शिक्षातर्फ निर्धारण गरिएको सिट संख्या बाँडफाँट गरेको हो।

आयोग कार्यकारी समितिको फागुन ३० गतेको निर्णयानुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्थाका आधारमा विदेशी समूह, सःशुल्क र छात्रवृत्ति (खुला तथा आरक्षण) लगायतका समूहको सिट बाँडफाँट गरेको आयोगले जनाएको छ।

आयोगले फागुन २३ गते स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रम र शिक्षण संस्थाहरूमा निर्धारण गरिएको सिट संख्या सार्वजनिक गरेको थियो। आयोगले चिकित्सा शिक्षाका विभिन्न ७ हजार ६५९ सिट संख्या निर्धारण गरेको थियो।

आयोगले सःशुल्कमा ३ हजार २८२, पूर्ण छात्रवृत्तिको २ हजार २४९, सामान्य छात्रवृत्तिको १ हजार २३५ र संरक्षित कोटाहरू महिला, दलित महिला, मुस्लिम महिला, मधेशी, थारू, आदिवासी जनजातिलगायतका १ हजार १४ र नेपाली आर्मी वेल्फेयर छात्रवृत्तिका लागि १०५ सिट बाँडफाँट गरेको छ।

 

प्रकाशित: २ चैत २०७९ १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =