रास्वपाले उपराष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवारलाई मत नदिने

हिमाल प्रेस १ चैत २०७९ ८:०६
6
SHARES
रास्वपाले उपराष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवारलाई मत नदिने फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले उपराष्ट्रपति निर्वाचनको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत नदिने भएको छ। राष्ट्रपतिमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा यादवलाई मत नदिने भएको हो ।

रास्वपाका एक नेताले भने, ‘हामीले उपराष्ट्रपतिमा पुरुष उम्मेदवारलाई मत दिँदैनौं। राष्ट्रपति पुरुष भइसकेपछि उपराष्ट्रपति महिला हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ रास्वपाले उपराष्ट्रपतिका महिला उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा मध्ये कसलाई मत दिने खुलाएको छैन। एमाले उम्मेदवार शाक्यलाई भोट दिने सम्भावना बढी रहेको रास्वपाका ती नेताको भनाइ छ।

जसपाका उम्मेदवार यादवलाई कांग्रेस, माओवादी र एकीकृतको पनि समर्थन छ। गठबन्धन सम्बद्ध लोसपा र नाउपाले जनमतकी उम्मेदवार झालाई समर्थन गरेको अवस्था छ।

प्रकाशित: १ चैत २०७९ ८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − ten =