दुईपटक प्रधानमन्त्री र एकपटक राष्ट्रपति बन्न पाउने व्यवस्था गर्न महामन्त्री शर्माको माग

हिमाल प्रेस ३० फागुन २०७९ १६:१८
6
SHARES
दुईपटक प्रधानमन्त्री र एकपटक राष्ट्रपति बन्न पाउने व्यवस्था गर्न महामन्त्री शर्माको माग

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन्। राजनीतिमा मान्छेहरूलाई आकर्षित गर्न पनि एक पटक राष्ट्रपति, २ पटकसम्म प्रधानमन्त्री, ३ पटकसम्म मन्त्री र ४ पटकसम्म सांसद हुने व्यवस्था गर्नु उपयुक्त रहेको उनले बताएका हुन्।

नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौँमा सुरु भएको नीति सम्मेलनमा महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोर्‍याएर शपथ ग्रहण गर्न नपाउने व्यवस्था भए हालसम्म मुलुकले पाँचौं राष्ट्रपति पाइसक्ने बताए।

उनले सांसद, मन्त्री भइसकेकाहरूले मुलुकको आर्थिक रूपान्तरणको काममा योगदान दिन सक्ने व्यवस्था नीतिगत रूपमै गरिनुपर्ने पनि बताए। ‘एकपटक एउटा मान्छे राष्ट्रपति बन्न पाउने, दोहोर्‍याएर शपथ ग्रहण गर्न नपाउने भए अहिले रामचन्द्र पौडेलले शपथ ग्रहण गर्दा नेपालले पाँचौं राष्ट्रपति पाइसकेको हुन्थ्यो,’ उनले भने।

राजनीतिमा रूपान्तरण भन्दा कतिखेर मान्छे आकर्षित हुन्छ भन्ने एउटा मान्छे एकपटक राष्ट्रपति बन्नुपर्ने उनको भनाइ थियो। दुईपटक प्रधानमन्त्रीको शपथ ग्रहण गर्नुपर्ने र ३ पटक मन्त्री हुँदै गर्दा आफ्नो सम्पूर्ण योग्यता देखाउनुपर्ने उनले बताए।

४ पटकसम्म सांसद बन्न पाउने र पाँचौं पटक उसले आर्थिक रूपान्तरणको काममा लाग्नुपर्ने उनले बताए। महामन्त्री शर्माले भ्यूटावर बनाउने कुरा, एकैपटक धेरै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा मुलुकका लागि आर्थिक बोझ भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

प्रकाशित: ३० फागुन २०७९ १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twenty =