काठमाडौँ- नेपाल तरुण दलले नेविसंघसँग गठबन्धन गरेका साझा उम्मेदवारलाई स्ववियु चुनावमा जिताउन निर्देशन दिएको छ।
अध्यक्ष विद्वान गुरुङले ७७ जिल्लामै परिपत्र गर्दै स्ववियुमा नेविसंघ र नेविसंघसँग गठबन्धन गरी खडा गरिएका उम्मेदवार जिताउन भूमिका खेल्न निर्देशन दिइएको उल्लेख छ।
‘स्ववियु चुनावमा नेविसंघसँग गठबन्धन गरेका विद्यार्थी संगठनका साझा उम्मेदवारहरुलाई विजय गराउन आवश्यक भूमिका खेल्न नेपाल तरुण दल केन्द्रीय समिति दलका सम्पूर्ण जिल्ला समितिहरुलाई आग्रह गर्दछ,’ परिपत्रमा भनिएको छ।
स्ववियु चुनावमा जिल्लाभित्रका तरूण दललाई परिचालन गर्नसमेत अध्यक्ष गुरूङले निर्देशन दिएका छन्। यही चैत ५ मा स्ववियु चुनाव हुँदैछ।
प्रकाशित: ३० फागुन २०७९ ७:२३
प्रतिक्रिया