स्ववियु निर्वाचनमा अनेरास्ववियु र विप्लव निकट अखिल क्रान्तिकारीबीच तालमेल

हिमाल प्रेस २६ फागुन २०७९ २१:३१
8
SHARES
स्ववियु निर्वाचनमा अनेरास्ववियु र विप्लव निकट अखिल क्रान्तिकारीबीच तालमेल

काठमाडौँ– नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा विप्लव निकट अखिल क्रान्तिकारीबीच आसन्न स्ववियू निर्वाचनमा तालमेल र सहकार्य गर्ने सहमति भएको छ।

दुई संगठनका अध्यक्षहरूबीच शुक्रबार भएको छलफलमा उक्त सहमति भएको हो। स्ववियू निर्वाचनमा देशव्यापी तालमेल र सहकार्य गर्ने र अन्य वामपन्थी देशभक्त विद्यार्थी संगठनहरूलाई पनि तालमेल र सहकार्यका लागि अपील गर्ने सहमति भएको बताइएको छ।

छलफलपछि अनेरास्ववियुका अध्यक्ष समिक बडाल र क्रान्तिकारीका अध्यक्ष प्रकाश सीले विज्ञप्तिमार्फत तालमेल र अन्य विद्यार्थी संगठनलाई पनि सहकार्यका लागि अपिल गरेका हुन्।

आगामी चैत ५ गते त्रिविअन्तर्गतका क्याम्पसहरूमा स्ववियु निर्वाचन हुँदैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =