शिक्षक संघ गोकर्णेश्वर नगर अध्यक्षमा फेरि भण्डारी

हिमाल प्रेस २६ फागुन २०७९ २१:१९
228
SHARES
शिक्षक संघ गोकर्णेश्वर नगर अध्यक्षमा फेरि भण्डारी

काठमाडौँ- नेपाल शिक्षक संघ गोकर्णेश्वर नगरपालिका अध्यक्षमा फेरि पुष्पराज भण्डारी चयन भएका छन्। संघको शुक्रबार काठमाडौँको आरुबारीमा सम्पन्न दोस्रो स्थानीय नगर अधिवेशनमा भण्डारीको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो।

संघको उपाध्यक्षहरूमा कमलप्रसाद काफ्ले, र महिला उपाध्यक्षमा सरिता प्रसाई चयन भएका छन्। यस्तै सचिवमा नरबहादुर गुरुङ र अर्थ सचिव सरोजबाबु घिमिरे निर्वाचित भएको निर्वाचन समिति संयोजक कृष्णप्रसाद नेपालले जानकारी दिए।

उनका अनुसार समितिका सहसचिवहरूमा हेमराम घिमिरे, सीतामाया योन्जन, देवीप्रसाद न्यौपाने र टीकादत्त खनाल रहेका छन्।

कार्यसमिति सदस्यहरूमा सुस्मिता कार्की, विमला पौडेल, देवराज भट्टराई, साधुराम फुयाल, कृष्णप्रसाद चापागाईं, राजेन्द्र सिम्खडा, अनन्त तामाङ, सुजयराज खरेल र कुलप्रसाद चौलागाईँ रहेको निर्वाचन समितिले जनाएको छ।

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा संघका काठमाडौँ जिल्ला अध्यक्ष रबिन महर्जनलगायत नगरपालिकाभित्रका विभिन्न विद्यालयका शिक्षकहरूले शुभकामना दिएका थिए।

अध्यक्ष भण्डारीले आफूलाई दोस्रो कार्यकालका लागि पनि निर्वाचित गरेकामा सबै शिक्षकहरूलाई धन्यवाद दिएका थिए। उनले नगरभित्रको सामुदायिक विद्यालयका शैक्षिक क्रियाकलापमा सुधार र पेसागत हकहितका लागि सक्दो काम गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: २६ फागुन २०७९ २१:१९

प्रतिक्रिया

One thought on “शिक्षक संघ गोकर्णेश्वर नगर अध्यक्षमा फेरि भण्डारी

  1. सम्पुर्णलाई बधाई, यश टिमबाट नगरपालिकाकाे शैक्षिक बिकासमा थप उर्जा मिलाेस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =