यस्तो छ नेपाल शिक्षक संघको चारबर्से कार्ययोजना

हिमाल प्रेस १ माघ २०८० १६:०१
1.9k
SHARES
यस्तो छ नेपाल शिक्षक संघको चारबर्से कार्ययोजना

काठमाडौँ- नेपाल शिक्षक संघले १४ बुँदे कार्ययोजना पारित गरेको छ। संघको संघीय कार्य समिति, सात प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूको कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ होमस्टेमा सम्पन्न संयुक्त बैठकले आगामी चार वर्षका लागि विभिन्न कार्ययोजना पारित गरेको संघीय अध्यक्ष सोमनाथ गिरीले जानकारी दिए।

कार्ययोजनाअनुसार विभिन्न प्रश्नावलीका मध्यमबाट जिल्लागत सांगठनिक अवस्थाबारे तथ्यांक संकलन गरिने भएको छ। यसैगरी महिला विभागको कार्ययोजना, संगठन विभागको कार्ययोजना, विधानअनुरूप पदीय आचरण र आचारसंहिता तथा सांगठनिक क्रियाशीलताको मूल्यांकन पद्धति पारित गरिएको संघका उपमहासचिव एवम् प्रवक्ता नारायण तिमिल्सिनाले बताए।

उनका अनुसार बैठकले बैठक सञ्चालन कार्यविधि, आन्दोलन वार्ता र उपलब्धिसम्बन्धी शिक्षक महासंघको धारणा र अर्थ विभागको कार्ययोजनाबारे छलफल गरी पारित गरेको छ। संघले अब सहिद शिक्षकहरूको विवरण संकलन, निवृत्त शिक्षकहरुको विवरण संकलन, वैधानिक प्रबन्धबमोजिम पदको रिक्तता र पदपूर्ति गर्ने कार्य पारित गरेको छ।

संघको यस वर्षको प्रतिनिधिसभा लुम्बिनी प्रदेश कार्य समितिको आतिथ्यतामा २०८० चैत तेस्रो सातामा सम्पन्न गर्ने निर्णय भएको छ। यसै वर्षभित्र महिला शिक्षकहरूको राष्ट्रिय भेला जनकपुरमा गर्ने निर्णय भएको प्रवक्ता तिमिल्सिनाले जानकारी दिए।

उनले भने, ‘यसै वर्षभित्र प्रदेश महासचिवहरू र सचिवहरूको राष्ट्रिय भेला कैलालीको धनगढीमा गर्ने निर्णयका साथ बैठक भव्य रूपमा सम्पन्न भएको छ।’ संघले बैठक सम्पन्न गर्न साथ, सहयोग र योगदान गर्ने नेपाल शिक्षक संघ गण्डकी प्रदेश प्रदेश कार्य समिति, कास्की जिल्ला कार्यसमिति लगायत सबैमा आभार व्यक्त गरेको छ।

बैठक संघका संघीय अध्यक्ष सोमनाथ गिरीको अध्यक्षता र नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यता तथा सहमहामन्त्री जीवन परियारको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।

प्रकाशित: १ माघ २०८० १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 6 =