नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रमाण पत्र प्रदान

हिमाल प्रेस २५ फागुन २०७९ १९:१७
12
SHARES
नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रमाण पत्र प्रदान

काठमाडौँ– नौ दलको तर्फबाट राष्ट्रपति उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बिहीबार राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको छ।

नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा उनलाई  निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेका हुन्।

कार्यक्रममा निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनको मतपरिणाम घोषणा गरी नेता रामचन्द्र पौडेल निर्वाचित भएको जानकारी गराए।

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, निर्वाचन आयोगका आयुक्तहरू, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता सहभागी छन्।

बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा पौडेलले ३३ हजार ८ सय २ र प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे।

प्रकाशित: २५ फागुन २०७९ १९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + fifteen =