संकटामाथि मनाङको साँघुरो जित

हिमाल प्रेस २४ फागुन २०७९ १९:३८
6
SHARES
संकटामाथि मनाङको साँघुरो जित

काठमाडौँ– सहिद स्मारक ‘ए’ डिभिजन लिगको बुधबार साँझ सम्पन्न खेलमा मनाङ मर्स्याङ्दी क्लबले संकटा क्लबलाई १-० ले पराजित गरेको छ। लिगमा मनाङलाई जिताउन साइदजामोल डाभ्लाटजोनोभको गोल निर्णायक रह्यो।

पहिलो खेलमा मनाङ हिमालयन शेर्पा क्लबसँग १-१ को बराबरीमा रोकिएको थियो। संकटाले त्रिभुवन आर्मी क्लबसँग बराबरी खेलेको थियो। उज्वेकिस्तानका डाभ्लाटजोनोभले दोस्रो हाफको ५२औँ मिनेटमा गोल गरे। १८ यार्ड बक्स बाहिरबाट डाभ्लाटजोनोभले गरेको प्रहार संकटाका गोलकिपर टिकेन्द्रसिंह थापाले बचाउने प्रयास गरेका थिए। तर तीव्र गतिमा आएको बल टिकेन्द्रको हातबाट चिप्लिँदै गोलमा परिणत भयो।

त्यसको दुई मिनेटअघि मनाङका सुमित श्रेष्ठले लामो दूरीबाट गरेको प्रहार टिकेन्द्रले पोस्टमाथिबाट बाहिर पठाइदिएका थिए। त्यसपछि पाएको कर्नरमा मनाङले मुभ बनाउँदै बललाई जाली चुमायो। पहिलो हाफमा संकटा गोलका लोभलाग्दा अवसर गुमायो। १९औं मिनेटमा संकटा गोल नजिक पुगेको थियो। तर मनाङ मर्स्याङदीका प्रवेश कुँवरले सुनिल श्रेष्ठको प्रहार गोललाइनबाट बचाएपछि संकटाले अग्रता लिन सकेन।

संकटाले ३४औं मिनेटमा फेरि एकपटक गोलको मुभ बनायो। लेफ्ट विङमा जुनियर एनकेंगेबाट पाएको बल लिएर मनिष डाँगी मनाङको बक्सभित्र प्रवेश गरेका थिए। मनाङका एक खेलाडीलाई बिट गरिसकेका उनलाई आशिष गुरुङले ट्याकल गर्दै बल प्रहार गर्न बाट रोके। पहिलो हाफ सकिनै लाग्दा नेल्सन युनिवो कोन्फ़ोरले १८यार्ड बक्स बाहिरबाट गोलको प्रयास गरेका थिए। उनको प्रहार पोस्टमाथिबाट बाहिरियो।

तस्बिरहरू- दिपेश श्रेष्ठ/हिमालप्रेस

प्रकाशित: २४ फागुन २०७९ १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =