ओलीले गरेको संसद्‌ विघटनको निर्णयको बचाउमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना

हिमाल प्रेस २४ फागुन २०७९ १६:०१
58
SHARES
ओलीले गरेको संसद्‌ विघटनको निर्णयको बचाउमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना

काठमाडौँ- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌ विघटन गरेको विषयको बचाउ गरेका छन्। ओलीले संसद्‌ विघटन गरेर गलत गरेको विषयमा चौतर्फी आलोचना भइरहँदा राष्ट्रियसभाकै अध्यक्ष तिमिल्सिना भने बचाउमा उत्रिएका हुन्।

उनले सरकार सरकार अप्ठेरोमा पर्दा संसद्‍ विघटन गर्ने कुरा संसारभरमा भइरहने अभ्यास भएको पनि बताए। तिमिल्सिनाले यस अभ्यासलाई नौलो मान्नु नपर्ने पनि बताए। केपी ओलीले संसद्‌को अहिलेको अधिवेशनमा पनि पटकपटक संसद्‌ विघटन सही भएको पुष्टी गराउने प्रयास गरिरहेकै छन्।

राष्ट्रपतिको निर्वाचनभन्दा एक दिनअघिमात्रै तिमिल्सिनाले यस्तो बताएका हुन्। ‘नेपालमा हामी राजनीति गर्नेहरूले पनि बारम्बार ऐन, कानुन, संविधान बनाउँदा पनि एउटा अतिमा जान्छौँ । हाम्रो चलाउने ढंग नहुने अनि दोष सिस्टमलाई दिने। उदाहरणको लागि संसद्‍ विघटन गर्ने कुरा दुनियाँमा जहाँ पनि जनप्रतिनिधिमुलक संस्था ठीकै ढंगले जाँदा कहीँ केही भयो भने सरकारले संसद्‍ विघटन गर्ने दुनियाँको जहाँको पनि अभ्यास हो,’ उनले भने, ‘नेपालमा त्यो भइरहेको थियो। संविधान बनाउँदा के भयो भने यो नेपालमा पटकपटक विघटन भयो भनेर विघटन नै नगर्ने बनाउँ भनेर लेख्दा अहिले लफडा भइरहेको छ। आफूले ढंग पुर्‍याएर चलाउन नसक्ने अनि कागजतमा दोष दिएर कहीँ चल्छ। अनि १२/१५ वटा पार्टी मिलेका छन्, नचले पनि घस्रेर ५ वर्ष त केही गर्नु हुँदैन, अहिले विघटन नगर्ने कुरा सबैभन्दा ठूलो क्रान्तिकारी, परिवर्तनगामी हुने भनेको छ।’

आज बुधार बुधबार पारिवारिक-निजी वन संघ नेपालको ९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधानको पालनामा दलहरू चुकिरहेको पनि बताए।

प्रकाशित: २४ फागुन २०७९ १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast