नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

हिमाल प्रेस २३ फागुन २०७९ २१:०३
2
SHARE
नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता फाइल तस्बिर।

काठमाडौँ- आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खलामा सहभागी हुन यूएई गएको नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ। पपुवा न्युगिनी, यूएई र नेपाल सम्मिलित चार खेलको त्रिकोणात्मक श्रृङ्खला खेलेर नेपाली टिम मंगलबार साँझ स्वदेश फिर्ता भएको हो।

युएई भ्रमणका क्रममा नेपालले खेलेको चारमध्ये तीन खेल जितेको थियो। पपुवा न्युगिनी र घरेलु टोलीसँग समान २-२ खेल खेलेको थियो। जसमा पपुवा न्युगिनीसँगका दुवै खेल जितेको थियो भने युएईसँगको पहिलो खेल हारेको थियो।

नेपालले पपुवा न्युगिनी र युएईसँग नै घरेलु मैदानमा आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम श्रृङ्खला बिहीबारदेखि खेल्नेछ।

प्रकाशित: २३ फागुन २०७९ २१:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =