मनाइँदै फागु

हिमाल प्रेस २२ फागुन २०७९ १२:०८
6
SHARES
मनाइँदै फागु

काठमाडौँ- काठमाडौँलगायत देशका पहाडी जिल्लावासीले आज (सोमबार) फागु पर्व मनाइरहेका छन्। फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाइरहेका छन्।

काठमाडौं वसन्तपुरमा होली मनाउनका लागि मानिसहरू उपस्थित हुन थालेका छन्। वसन्तपुरसहित टुँडिखेललगायतका स्थानमा होली मनाउन मानिसहरू जम्मा भइरहेका छन्।

आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदैछ। भोलि (मंगलबार) तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ। एकअर्काबीचमा रङ दलेर होली पर्व मनाउने गरिन्छ।

प्रकाशित: २२ फागुन २०७९ १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =